२ मंसिर, काठमाडौं ।

संविधान संशोधनमा सहमति जुटाउनको लागि प्रमख तीन दल कांग्रेस, एमाले र माओवादीबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता सुरु भएको छ ।

५० लाख प्रकरणः अन्ततः यसरी चिप्लिन् सुजाता !

माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली वार्तामा जुटेका हुन् । मधेसी मोर्चाको माग पूरा गर्न सरकारले तयार पारेको संविधान संशोधनको प्रस्तावमाथि शीर्ष तहमा छलफल जारी छ ।

deuba-oli-prachanda

सरकारले सीमाकंन, नागरिकता भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्व लगायको विषय समेटेर संविधान संशोधनको प्रस्ताव तयार गरेको छ । सरकारले कातिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाए पनि मधेसी मोर्चाले माग पूरा हुने गरी प्रस्ताव ल्याउनको लागि भन्दै प्रधानमन्त्री प्रचण्डलाई १५ दिनको थप समय दिएको थियो ।

ज्युदैं रहेको प्रमाणित गर्न पत्रकार सम्मेलन !

मोर्चाले बुधवार कांग्रेस सभपाति देउवालाई भेटेर मधेसको माग पूरा गर्ने गरी प्रस्ताव ल्याउन आग्रह गरेको थियो । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्रीले प्रचण्डले तीन दलको बैठक बोलाएका हुन् । बैठक वालुवाटारमा जारी छ । प्रचण्डको सचिवालका अनुसार आज तीन दलबीच सहमति जुटे केही दिनभित्र नै प्रस्ताव संसदमा दर्ता हुनेछ ।

भारतीय रुपैयाँ प्रतिबन्धको असरः बेहुलालाई दक्षिणामा चेक !