२६ पुस, काठमाडौं । संविधान संसोधन कुन कुन विषयमा गर्न लागिएको हो भन्ने चासो अहिले सबैलाई छ । दलका नेताहरुले आ–आफनै ढंगले व्यख्या गरिरहेका छन् ।

वास्तवमा सरकारले संसदमा दर्ता गराएको संविधानको दोस्रो संसोधन विधयेकमा के के कुरा उल्लेख छन् ? कुन कुन धारामा कसरी संसोधन गर्न लागिएको हो ? व्यवस्थापिका संसदले यस सम्बन्धी सर्वसाधारणको जानकारी लागि सार्वजनिक सूचना जारी गरेको छ ।

samsad-notice

संविधानको धारा २७४ को उपधारा ३ बमोजिम संसोधनको विषय सर्वसाधारणलाई जानकारी गराउनुपर्ने व्यवस्था भएकाले सूचना निकालिएको हो । सूचना निकालेपछि संविधान संसोधन विधयेकमाथि सैद्धान्तिक छलफल अघि बढाउन बाटो खुल्ने संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले बताए ।