१ असोज, विराटनगर।

स्वास्थ्यमन्त्री गगन थापाले संविधान संसोधनमा भारतको कुनै प्रकारको भुमिका नरहने बताएका छन् । नेपाली जनताले बनाएको संविधान संसोधन गर्ने वा नगर्ने भन्ने बिषय नेपाली नागरिककै हातमा रहेको उनको भनाइ थियो ।

Gagan-Thapa

फाइल तस्बिर

स्वास्थ्य मन्त्री थापाले तराइ–मधेशको समस्या चाँडै हल हुने समेत बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने मन्त्री थापाले मधेका समस्या हल नभइ देशले निकाश नपाउने बताए ।

स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा देखिएका गम्भीर चुनौती र समस्या सम्बन्धित क्षेत्रका विज्ञसंग सुझाव लिएर सामाधान गर्ने बताए ।

उनले ५ वटा विकास क्षेत्रका स्वास्थ्य समस्या त्यहि क्षेत्रका कर्मचारीसंग सहकार्य गरेर हल गर्ने बताए ।