१३ माघ, काठमाडौं ।

राष्ट्रसंघ महासचिव बान कि मुनले नेपालको संसदले संविधान संसोधन विधेयक पारित गरेकोमा स्वागत गरेका छन् ।

हिन्दुस्तान टाइम्सलाई सीके राउतको अन्तर्वार्ताः मधेश टुक्राउने योजना

महासचिव बान कि मुनका प्रवक्ताले जारी गरेको बक्तब्यमा संविधान संसोधन जारी असमझदारी सुल्झाउन सहायक हुने भन्दै संविधान संसोधनलाई स्वागत गरेका छन् ।

ban-ki-moon

वार्ताको मध्यमबाट समस्या समाधानका लागि सबै पक्षले अत्याधिक लचकता अपनाउनु पर्ने पनि महासचिव बान कि मुनले धारणा राखेको प्रवक्ता स्टेफेन ड्युजारिकले जनाएका छन् ।

संविधान संसोधनप्रति भारतको २ लाइन प्रतिक्रिया

नेपालीलाई निराश पार्ने रञ्जित रे को बोली

संविधान संसोधनसँगै भारतसँगको नाका सहज हुने अपेक्षा पनि महासचिव मुनले ब्यक्त गरेका छन् । सबैपक्षले संयमतापूर्वक अघि बढ्न र अहिंसात्मक रहन समेत उनले अपिल गरेका छन् ।

यस अघि संविधान संसोधन प्रस्तावको स्वागत गरेको भारतले केवल सकारात्मक भनेर टारेको थियो । संविधान संसोधनपछि नाकाबन्दी खुल्ने भनिएपनि नाकाबन्दी यथावत रहेको समयमा राष्ट्रसंघले संसोधनको स्वागत गर्नुलाई महत्वका साथ हेरिएको छ ।