२८ वैशाख,एजेन्सी । अष्ट्रेलियाकी सांसदले आफ्नो ममताको परिचय दिएर इतिहास रचेकी छिन् । उनले संसदमै आफ्ना सन्तानलाई स्तनपान गराएर उक्त इतिहास रचेकी हुन् ।

अष्ट्रेलीयाली संसदले गत वर्षदेखि नै संसद भित्र स्तनपान गराउने अनुमति दिएको थियो । यसअघि संसदमा नावालक ल्याउन पनि मनाही थियो ।

क्वीन्सल्याण्डकी यि महिला सांसद वाटर्सले हालसालै छोरी आलियालाई जन्म दिएकी थिइन् । वाटर्स अष्ट्रेलीयन ग्रीन पार्टिकी सह उपाध्यक्ष हुन् ।