१७ भदौं, काठमाण्डौ ।

व्यवस्थापिका–संसदले तराई÷मधेसमा आन्दोलनका क्रममा भएका धनजनको क्षति र सुख्खाग्रस्त क्षेत्रबारे यथार्थ जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।

आजको संसद् बैठकमा सांसदहरुले विभिन्नक्षेत्रको समस्याबारे प्रश्न उठान गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले सरकारको ध्यानाकर्षण गराउँदै संसदको अर्को बैठकमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

सीमांकनको विरोधमा भएका आन्दोलनका क्रममा बारा, पर्सालगायत जिल्लामा आन्दोलनमा लागेका जनताको मृत्यु भएको र राज्यको तर्पmबाट ज्यादती गरेको भन्दै सभासदले कुरा उठाएकाले यसबारे गृहमन्त्रीलाई जवाफ दिन नेम्वाङले निर्देशन दिए ।

त्यस्तै, गृहमन्त्रीलाई नै हज कमिटीमा भएको भ्रष्टाचारको विषयमा पनि जवाफ दिन भनिएको छ । तराईका विभिन्न जिल्ला सुख्खाग्रस्त भइरहेकोले त्यसक्षेत्रलाई सुख्खागस्त घोषणा र क्षतिपूर्ति दिनुपर्ने माग गरेपछि सम्बन्धित मन्त्रीले त्यसबारे सदनलाई जानकारी गराउन सभामुख नेम्वाङले निर्देशन दिएका छन् ।

नेम्वाङले देशमा घटिरहेको समसामयिक विषयमा सांसदहरुले ध्यानाकर्षण गरेरमात्रै सरकारले जवाफ दिनुपर्छ भन्ने नरहेको भन्दै संसद चलिरहेको बेला सरकारले संसदलाई जानकारी गराउन सक्ने बताए । उनले देशमा भइरहेको घटनाबारे सरकारले सांसदमार्पmत् जनतालाई जानकारी गराउनुपर्ने भएकाले त्यसबारे सरकारको ध्यानाकर्षण समेत गराए ।