३१ साउन, काठमाडौं ।
असनरत डा. गोविन्द केसीका समर्थकले चिकित्सा शिक्षा विधेयक संसदबाट पास गर्न ढिलाइ भएको भन्दै व्यवस्थापिका संसद् भवन नयाँ बानेश्वर नजिक निषेधित क्षेत्रमा प्रदर्शन गरेका छन् । केसीको जीवन जोखिममा पर्दा पनि सरकारले माग पूरा नगरेको भन्दै समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र केसीका समर्थकहरु बीच झडपसमेत भएको छ । करीब एक सयको संख्यामा रहेका केसीका समर्थकले ‘संसदको तलव भत्ता बढाउने ऐन एकै दिन, चिकित्सा शिक्षा विधेयक पास गर्न बर्षाे दिन’ भन्ने नारा र प्लेड कार्ड बोकेर प्रर्दशन गरिरहेका छन् । प्रहरीको हस्तक्षेपविरुद्ध पनि उनीहरुले नाराबाजी गरेका थिए ।

डा. केसीका समर्थकले बानेश्वर क्षेत्रमा केही दिनयता प्रर्दशन जारी राखेका छन् । यता केसीको समर्थनमा नेपाल चिकित्सक संघ सरकारी चिकित्संक संघ लगायतको आह्वानमा मुलुकभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प छन् । डा. गोविन्द केसीको ११ औ अनसन २३ औँ दिनमा प्रवेश गरेको छ ।