१४ पुस, रुपन्देही।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या राजनीतिक हत्या भएकोले अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न ढिलो नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

‘५ नम्बरले राष्ट्रिय एकताका बारेमा आन्दोलन चलाई रहेका वेला यो हत्या भएकोले यसमा षडयन्त्र र रहस्य छ ।’ ओलीले भने।

दुर्गा तिवारीको ११ औ पूण्य तिथीका दिन रुपन्देहीको देवदहमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको आरोप लगाए ।

ओलीले संसद जे पायो त्यही छलफल गर्ने ठाउँ नभएको बताउदै भने, ‘राष्ट्रहित र संविधान विपरीत कुरा गर्न संविधानले समेत रोकेको छ ।’

उनले बुद्धको शान्ति भूमिमा अपराधिक घटना हुनु दुखद भएको बताउँदै सरकारले निर्वाचनको वातावरण वनाउन छोडेर देशमा अराजकता मच्चाएको समेत आरोप लगाए ।

कार्यक्रममा नेकपा एमालेका उप महासचिव बिष्णु पौडेल, घनश्याम भुषाल युवा संघका केन्द्रीय अध्यक्ष राजीव पराजुली लगायतले वोल्दै हत्याको छानविनमा ढिला नगरी दोषीलाई तत्काल कारवाही गर्न सरकारसंग माग गरेका थिए ।