२९ पुस, काठमाडौं ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन (कसुर तथा सजाय) विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव गर्ने कार्यसूीच रहेको संसद सचिवालयले बताएको छ ।

बैठकमा विकास समितिका सभापति रविन्द्र अधिकारीले विकास समितिका अनुगमन एवं मुल्यांकन प्रतिवेदन संसदमा पेश गर्ने कार्यसूचि रहेको छ ।

samsad

चालिसको अवरोधपछि प्रमुख प्रतिपक्ष दल एमालेले संसद खोल्न सहमति जनाएपछि निर्वाचन सम्बन्धित दुई विधेकमाथिको छलफल सकिएकाले आज समितिमा पठाउनको लागि गृहमन्त्री निधिले प्रस्ताव गर्न लागेका हुन् ।

निर्वाचन सम्बन्धि विधेयक नहुँदा सरकारले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन् । सरकारले वैशाख अन्तिम र जेठ पहिलो साता स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।