१३ फागुन, काठमाडौं।

१८ दिनको अवरोधपछि सोमबार सुचारु भएको संसद् बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने–नलैजाने विषयमा गम्भीर छलफल भइरहेको थियो।

सत्तापक्ष र विपक्षका सांसद चर्काचर्की बहसमा थिए। तर, त्यो बहसप्रति ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालकसमेत रहेकी सांसद गीता राणालाई कुनै चासो थिएन। आजको नयाँ पत्रिकामा खबर छ ।

एक घन्टा बैठक बसुन्जेल उनले एकपटक पनि टाउको उठाएर रोस्ट्रमतिर हेरिनन्। संविधानमाथिको संशोधन के हुन्छ भनेर उनले चासै दिइनन्। आफ्नो स्कुलको आगामी शैक्षिक सत्रको कार्यक्रम भने संसद् बैठकमै टुंगो लगाएर हिँडिन्।