३ पुस, काठमाडौं ।
जारी व्यवस्थापिका–संसद्को बैठक यही पुस ८ गतेसम्म स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र राप्रपा नेपाललगायतका दलको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरिएको हो ।

madhesi morcha 3 dal meeting

फाइल तस्विर

तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।

भारतीय पत्रिका भन्छः विद्या भण्डारी विधवा भएका कारण जनकपुरमा विरोध

बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा(एमाले)का नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।

व्यवस्थापिका संसदको बैठक ८ गते सम्मका लागि स्थगित भएको छ । आज केही बेर बसेको बैठकले संसद नियमावली मस्यौदा समितिको म्याद थप गरेरपुष ८ गतेसम्मका लागि स्थगित भएको हो ।

अव संविधान संसोधन विधेयक माथिको छलफल ८ गतेदेखि मात्र हुने भएको छ । यो बीचमा मधेसी मोर्चासँग छलफल गरी मोर्चाको पनि सहमतीमा संविधान संसोधन गर्ने तयारी दलहरुको छ ।

सभामुख ओनसरी घर्तीसँगको छलफलमा ८ गतेसम्म मोर्चासँग छलफल गरेर सहमतीमा संविधान संसोधन प्रस्ताव अघि बढाउने सहमती भएको थियो ।

अहिलेको संविधानले तराई, मधेस, आदिवासी, जनजाति, मुस्लिम, महिला लगायतको अधिकार सम्बोधन गर्न नसकेको भन्दै मधेस केन्द्रीत दलले विरोध गरेपछि उनीहरुका मागलाई संवोधन गर्न संविधान संसोधन गर्न लागिएको हो ।

संविधान संसोधनका लागि नेपाली कांग्रेसले उसकै नेतृत्वको सरकारका बेला संसोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो । २ दिन संसद बैठकमा विधेयक पेश भएपछि छलफलका लागि बाटो खुलेको छ ।