५ साउन, काठमाडौं ।

महिला सांसदहरुले आफ्ना वर्गीय मुद्दाहरुलाई स्थापित गर्न भन्दै महिला सांसद समन्वय समिति गठन गरेका छन् ।

व्यवस्थापिका–संसद भवनमा आयोजित बिशेष कार्यक्रम गरि समिति बनाइएको हो । कांग्रेसकी सांसद डा. आरजु राणाको सभापतित्वमा कार्यसमिति बनाइएको छ ।

कार्यसमितिमा सबै दलका महिला सांसदहरु रहेका छन् । कार्यसमिति सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख ओनसरी घर्तीले महिलाहरुले आफ्ना अधिकार स्थापित गर्न यस्तो ‘ककस’ बनाउनु सकारात्मक भएको बताइन ।

उनले संबिधानको सफल कार्यान्वयनका लागी सबै एकतावद्ध भएर अघि बढ्नुपर्नेमाा जोड दिइन । कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्ण वहादुर महराले संबिधानले सबैको अधिकारको सुनिश्चीतता गरेको बताए ।