महाभारतका अनुसार एक समयको कुरा हो, जब पाण्डवहरू वनमा शिकारको लागि हिँडिरहेका थिए र घुम्दा घुम्दै उनीहरूलाई मज्जाले तिर्खा लाग्छ।

पाण्डवहरूका सबैभन्दा कान्छो भाई सहदेव पानी खोज्न हिँड्छन् र उनले छिट्टै नै एक तलाउ भेट्छन्। तिर्खा लागेको बेलामा पानी देखेपछि सहदेवले हतार-हतार पानी पिउन खोज्दै गर्दा एक यक्ष त्यहाँ आइपुग्छन् र उनको प्रश्नको उत्तर दिएपछि मात्रै पानी पिउनु भन्ने सुझाव दिन्छन्। तर सहदेवले त्यस यक्षको कुरा नै नसुनी पानी पिउँछन् र त्यहिँ मुर्छा परेर बेहोस हुन्छन्।

यसरी नै नकुल, भीम र अर्जुन पनि पानी खोज्दै आउँदा सोहि ठाउँमा आएर यक्षको प्रश्नको उत्तर नै नदिई पानी पिएर बेहोस हुँदै जान्छन्।

त्यसपछि सबैभन्दा अन्तिममा त्यहाँ जेठो पाण्डव धर्मराज युधिष्ठिर आइपुग्छन् र उनलाई पनि यक्षले प्रश्नको उत्तर दिएरमात्रै पानी पिउन भन्छन्। त्यसपछि युधिष्ठिर भन्छन्- “हे देव! विचार नै नगरी काम नगर्ने मेरा भाईहरूको हालत मैले हेरिरहेछु। त्यसैले हजुरको प्रश्नको उत्तर नदिएसम्म म पानी पिउँदिन। हजुर प्रश्न सोध्नुहोस्।”

यक्षले प्रश्न सोध्छन्- “किमाश्चर्यम् यानिकी संसारमै सबैभन्दा ठूलो आश्चर्य कुरा के हो?”

यक्षको यस्तो रोचक प्रश्नमा युधिष्ठिरले जवाफमा यस्तो भन्छन्- “हे देव! एक-एक गर्दै मेरा भाइहरू मृत्युको मुखमा परिरहेका छन्, तैपनि म जीवित छु र अझै पनि सोँच्छु कि म कहिल्यै मर्दिनँ। यो भन्दा ठूलो आश्चर्यको कुरा अरू के हुन सक्ला र देव?”

युधिष्ठिरको उत्तरदेखि यक्ष प्रसन्न भएर पानी पिउने आज्ञा दिन्छन् र युधिष्ठिरका चारै भाईहरूलाई पनि बिउँझाइदिन्छन्।

यो पनि हेर्नुहोस्-
जहाँ राम, कृष्ण र पाण्डवले स्नान गरे
द्रौपदीका लागि पाण्डवको अनौठो नियम
कृष्णको हत्या कसरी भयो, कृष्ण पश्चात पाण्डवको के भयो
समुन्द्रमुनी द्वारका, कृष्ण बने आफ्नै वंशनाशको कारण