२९ पुस, काठमाडौं ।

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान संसोधन विधयेक अघि बढाउने सहमति भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसोधन विधयेक पारित गर्नका लागि एक भएर लाग्ने सहमति भएको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

madhesi-morcha-sarkar-baithak

प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरेर जाने प्रस्ताव गरेपनि मोर्चाले विरोध गरेको थियो । ‘हामीले संसोधनको टुंगो नलगाइ चुनावको मिति घोषणा नगर्नुस् भन्यौं, महासचिव सुमनले भने, संसोधन पारित भएपछि मात्रै चुनावको मिति घोषणा गर्ने आश्वासन प्रधानमन्त्रीले दिएका छन ।’

देशको ठूलो पार्टीको ठूलै खर्च, महाधिवेशन गर्न साढे चार करोड

बैठकमा मोर्चाका नेताहरुले उच्च अदालतमा गएराति भएको न्यायाधीश नियुक्तीमा समावेशी नभएको भन्दै बिरोध गरेको थियो ।

मधेसी मोर्चालाई अराजकता मच्चाउन किन छुट ?
यसकारण संविधान कार्यान्वयन चाहदैन मधेसी मोर्चा