२३ पुस, काठमाडौ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले संविधान संसोधन प्रस्ताव परिमार्जन सहित पेश हुनुपर्ने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले संविधान संसोधन प्रस्ताव अस्पष्ट र अपुरो भएको भन्दै परिमार्जन सहित सदनमा पेश हुनुपर्ने बताएका हुन ।

आफुहरु सरकार समर्थीत दल भएपनि सरकारले संसोधन प्रस्ताव दर्ता गर्दा आफुहरुसंग कुनै सल्लाह नै नगरेको गुनासो उनले गरे । सबै दलको सहमतिमा नै परिमार्जन सहितको संसोधन प्रस्ताव सदनमा टेवल गर्नुपर्ने उनको भनाई छ ।

उनले लगातारको सदन अबरुद्ध भन्दा पनि छलफलबाट नै निकास निकाल्न एमाले लगाएतका दललाई आग्रह पनि गरे ।

उनले अहिलको अवस्थामा सात नभई आठ प्रदेश हुनुपर्ने पार्टीको अडान कार्यमै रहेको धारणा पनि राखे । गच्छदारले आगामी बर्षको माघभित्रै सबै तहको निर्वाचन सम्पन्न गर्दे संविधान कार्यान्वयनमा जानुपर्ने जोड दिदै यसका लागी सबै दलहरु गम्भिर हुनुपर्ने बताए ।