१० फागुन, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजंगस्थित राष्ट्रपति निवास पुगेका छन् ।

नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएलगत्तै शनिबार साँझ अध्यक्षद्वय राष्ट्रिपति निवास पुगेका हुन् । सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा ‘कमिसन डिल’ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका संचार मन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राष्टपतिसँग उनीहरुले छलफल गरेको बुझिएको छ ।