३ चैत, काठमाडौँ।

सूचना तथा सञ्चार मन्त्रालयले मातहतका निकाय÷संस्थानका प्रमुखले आफूखुसी स्वदेश वा विदेश भ्रमणमा जान नपाइने निर्णय गरेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

मातहतका कुनै पनि निकायका प्रमुखले विदेश जानुपर्दा सञ्चारमन्त्री र काठमाडौँ उपत्यका बाहिर जानुपर्दा सचिवसँग अनिवार्य अनुमति लिनुपर्ने गरी कार्यविधि जारी गरिएको छ । मन्त्री शेरधन राईले मङ्गलबार सो कार्यविधि स्वीकृत गरेका हुन ।

ती निकायका प्रमुखले आफूखुसी भ्रमणमा जाने, प्रतिवेदन नदिने, मन्त्रालयका कतिपय काममा समन्वय नगर्ने र सवारी साधनको दुरुपयोग गर्ने गरेको पाइएपछि सरकारले त्यस्तो कार्यमा रोक लगाएको हो ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले त्यसरी भ्रमणमा जाने प्रमुखले फर्केपछि कार्यक्रमको प्रतिवेदन र औचित्य पेस गर्नुपर्ने बताए । रासस