११ मंसीर, इस्लामाबाद । पाकिस्तानको दक्षिण र पूर्वी प्रान्तमा मङ्गलबार बिहान भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा पनि १२ व्यक्तिको मृत्यु भएको छ ।

ती दुर्घटनामा विद्यालयका तीन बालबालिका सहित १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठजना घाइते भएका उर्दू टेलिभिजन च्यानल दुनियाले जनाएको छ ।

पहिलो दुर्घटना पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको डाडु जिल्लामा भएको थियो । एक बिद्यालयका बालबालिका बोकेर गईरहेको एक रिक्सा यात्रुवाहक रेलसँग ठोक्किदा तीन बालबालिकाको मृत्यु हुनुको सात घाइते भएका छन् ।

सो दुर्घटनामा चार बालबालिका रिक्सा चालकसहित सातजना अरु यात्रु पनि व्यक्ति गम्भीर घाइते भएका जनाइएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक भएको जनाइएको छ । घाइतेको उपचार जारी रहेको पनि प्रहरीले जनाएको छ । त्यसैगरी पाकिस्तानको पूर्वी भागमा पर्ने पञ्जाव प्रान्तको सिआल्कोट सहरमा अर्काे दुर्घटना भएको बताइएको छ ।

विपरित दिशाबाट आइरहको एक यात्रुबाहक बस एक रिक्सासँग ठोक्किँदा एक महिलासहित चार व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको ट्राफिक प्रहरीका अनुसार पाकिस्तानमा ९० प्रतिशत सडक दुर्घटना मानवीय गल्तीका कारण हुने गरेको छ । सिन्ह्वा