४ बैशाख काठमाडौं । राष्ट्रपति निर्वाचित भएपछि विद्यादेवी भण्डारीको पहिलो भारत भ्रमण । महाराजगञ्जदेखि माइतीघर, बानेश्वर, तीन कुने हुँदै राष्ट्रपति एयरपोर्ट जाने कार्यक्रम तय भयो ।

सोमबार विहान ११ बजेको फ्लाइट । तर सडक खाली गराइयो विहान १० नबज्दै । सरकारले सार्वजनिक विदा दिएकाले अरु दिन भन्दा निकै कम गाडी चलेका थिए ।

तर झण्डै एक घण्टा सडक जाममा पर्नुपर्दा सर्वसाधारणले गन्तब्यमा पुग्न निकै सास्ती भोग्नुपर्यो । यतिसम्म की सवारी त परै जाओस माइतीघर–बानेश्वर सडकको भित्री खण्डमा पनि पैदल यात्रीलाई समेत हिँड्न प्रहरीले रोक लगायो ।

सधैंजसो सवारीको चाप हुने बबरमहल माइतीघर क्षेत्रको आजको दृश्य हेर्दा लाग्छ देश पुरै ठप्प छ ।  (हेर्नुस् भिडियो)