१२ भदौ, पाल्पा । सडकमाथिबाट खसेको ढुंगाले लाग्दा एउटा कार सडकबाट करिब ३५ मिटर तल खसेको छ भने कारमा सवार दुई जनाको ज्यान गएको छ ।

मदनपोखरा–४ स्थित सिद्धार्थ राजमार्गमा भदौ ११ गते १७ः४० बजे सडक माथिबाट खसेको ढुंगाले बुटवलबाट पाल्पातर्फ जादै गरेको लु.१ च ४६०८ नम्बरको कारमा लाग्दा कार सडकदेखि अंदाजी ३५ मिटर तल खसेको थियो । खार सडकबाट तल खसेपछी कार चालक गुल्मी जिल्ला थानपति बस्ने २५ बर्षीय इसक नेपाली र तम्घास–५ बस्ने ५५ बर्षीय हरि प्रसाद न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ ।