३० बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भोली झन् बितण्डा मच्चाउने भविष्यवाणी गरेका छन् ।

मौन अवधिमा आज पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै ओलीले सत्तापक्षले चुनाव जित्न तोडफोड गर्न सक्ने बताए ।

‘सरकारले भोली झन् तमासा गर्नेछ, ओलीले भने, यस्तो खालको तमासा पञ्चायतमा पनि हुँदैनथ्यो ।’ सत्तागठबन्धनप्रति आक्रामकरुपमा प्रस्तुत भएका ओलीले आईतवारको निर्वाचनको परिणामपछि कांग्रेस र माओवादी केन्द्रका नेता झोक्राउने भन्दै कटाक्ष पनि गरे ।

निर्वाचनका बेला सरकार आफैँ बम पड्काएर आतंक फैल्याएको आशंका गरे । ओलीले भोली हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको निष्पक्षताको प्रत्याभुति गर्न सरकारसँग माग गरे ।

माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेको र मन्त्रीले पैसा बाँड्न हिँडेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाए ।