२४ पुस, काठमाडौं।

सत्तापक्षले जसरी पनि संसोधन विधेयक टेबल गर्ने र प्रतिपक्षी दलले अवरोध गर्ने निर्णय गरेपछि संसद बैठक डेढ घण्टा रोकेर सभामुख ओनसरी घर्तीले शीर्ष नेतासँग छलफल गर्दैछिन् ।

अपडेट: प्रमुख तीन दलको बैठक सकियो

oli-prachanda-deuwa-13121114

केहीबेर अघि चलेको संसदमा कांग्रेसबाट निर्वाचित भएका २०१५ सालका सांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएपछि सभामुखले पुनः प्रमुख दलका शीर्ष नेतासँग छलफल गरिरहेकी छिन् ।

सभामुखले कांग्रेस, एमाले, माओवादी, राप्रपासहितका दलका शीर्ष नेतासँग ३ बजेसम्म सहमति जुटाउन छलफल गरिरहेकी हुन् ।

३ बजे पुनः संसद बैठक सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल एमालेसहितका ९ दल संविधान संसोधन विधेयक बाहेकका विषयमा छलफल गर्न तयार भए मात्र संसद बैठक चल्न दिने पक्षमा छन् । तर, सत्तारुढ दल संविधान कार्यान्वयनको लागि संविधान संसोधन गर्नुपर्ने र यसले निर्वाचनको लागि बाटो खुलाउने पक्षमा छन् । सोही कारण जसरी पनि विधेयक पास गराउने उनीहरुको तयारी छ ।

तर, ९ दलको प्रतिपक्षी मोर्चा भने संविधान संसोधन विधेयक संविधान विरोधी र राष्ट्रघाती भएको भन्दै जसरी पनि पास हुन नदिने पक्षमा छन् ।

केही दिन अघि सर्वोच्च अदालतले संसोधनको प्रक्रिया रोक्न नपर्ने फैसला सुनाएपछि सत्तारुढ दल संसोधन विधेयक अघि बढाउने तयारीमा छन् भने अदालतले सँगै सीमाकंनको विषयलाई अनुमोदन गर्न प्रदेश सभा हुनुपर्ने फैसला पनि सुनाएपछि प्रतिपक्षीले अहिले सीमांकन हेरफेरमा अघि बढेको प्रस्ताव अघि बढाउन सक्ने आधार सत्तापक्षसँग नभएको दाबी गर्दै आएको छ ।

यद्यपी सभामुखले संसदको गतिरोध हटाउन निरन्तर प्रयास गर्दै आएकी छिन् ।

यो पढ्नुस्।
मुलुकलाई यसरी निकास किन नदिने ?
संविधान संसोधनसम्बन्धी विधेयक अघि बढाउन नदिने एमाले संसदीय दलको बैठकको निर्णय