२४ पुस, काठमाण्डौं ।

राजनीतिक संयन्त्रमार्पmत सीमांकन विवाद सुल्भाmाउन मधेशी मोर्चा सकारात्मक देखिएको छ ।

सत्तारुढ–विपक्षी र मधेशी मोर्चा सम्मिलित कार्यदलको बिहिबार बिहान सिंहदरबारमा बसेको बैठकमा मोर्चाले संयन्त्र बनाउने प्रस्तावप्रति सकारात्मक संकेतट दिएको हो ।

मोर्चा प्रतिनिधले संयन्त्रको संवैधानिक वैधता र कार्यदिशाबारे तीन ठूला दलको प्रतिबद्धता माग गरेका थिए ।

मोर्चाको तर्फबाट संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले संयन्त्रको प्रस्ताव आन्दोलन तुहाउने त होइन ? भनी पटक–पटक तीन दलसँग प्रतिबद्धता माग गरेपछि कांग्रेस नेता महेश आचार्यले संविधानको अनुसूचीमै यसबारे व्याख्या गरेर भए पनि विश्वस्त गराउन आपूmहरु त्यार रहेको बताएका थिए ।

जवाफमा मोर्चा प्रििनधीले उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन, कामकारबाही र निर्णयलाई संवैधानिक ग्यारेन्टी गराउन तयार हुने हो भने आप्mनो तर्फबाट सोच्न सकिने बताएका थिए ।

यसबारे मोर्चामा छलफल गरेर आउने उनीहरुले बताएको स्रोतले जनायो । कान्तिपुर दैनिकमा खबर छ ।