२० फागुन, पोखरा।
नयाँ शक्ति निर्माण अभियानका संयोजक डा बाबुराम भट्टराईले सदाचार र सुशासन कायम गर्न आफ्नो अभियान केन्द्रित हुने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

नयाँ शक्ति निर्माण अभियान कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कार्यालयमा हुने भ्रष्टाचारको अब छिट्टै बन्ने नयाँ शक्ति निर्माण अभियान पार्टीले निगरानी गर्ने र आर्थिक अनियमित गर्ने बताए ।

एक लाखभन्दा बढीले नयाँ शक्ति निर्माण अभियानको सदस्यता लिएपछि मात्रै पार्टीको घोषणा गरिने जानकारी दिँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले आफ्नो पार्टी देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुने दाबी गरे ।

पार्टी सञ्चालनका लागि स्वेच्छिक रुपमा मात्रै चन्दा सङ्कलन गरिने बताउँदै उनले चन्दा सङ्कलन वर्षको दुई पटक वैशाख र कात्तिक महिनामा मात्रै गरिने विचार व्यक्त गरे । रासस

यो पनि पढ्नुस्

अर्जुन, शशांक र गगनः महामन्त्रीमा कसको पल्ला भारी !

रामचन्द्रले भने- कहिले काँहि आत्महत्या गर्न मन लाग्छ

भारतीय नेतालाई प्रचण्डको प्रश्न- हामीमाथि नाकाबन्दी किन ?

मधेसको माग पूरा नभएसम्म मोर्चा सरकारमा नजाने