एजेन्सी । श्रीलंकन क्रिकेट टोलीका पूर्व कप्तान सनथ जयसूर्याको निधनको खबर क्रिकेट जगतमा आगो फैलिए जसरी फैलियाे । तर यो समाचारको वास्तविकता के हो र कसरी फैलियाे भन्ने अहिलेसम्म केही पुष्टि हुन सकेको छैन ।

४९ वर्षीय जयसूर्याको यहि महिना क्यानडामा भएको कार दुर्घटनामा मृत्यु भएको झुटो समाचार सामाजिक सञ्जालमा शेयर गरिएको थियो । यो खबरले भारतीय स्पिनर रबिचन्द्रन आश्विनलाई पनि हैरान बनायो । उनले ट्वीटरमा झण्डै एक करोड फलोअर्ससँग यसको सच्चाई जान्ने प्रयास गरे त्यो पनि मे २७ अर्थात साेमबार ।

उनले ट्वीटरमा लेखे, ‘सनथ जयसूर्यासँग जोडिएको खबर के साँचो हो ? मलाई व्हाट्सएपमा एक अपडेट प्राप्त भएको छ तर यहाँ ट्वीटरमा केही पनि छैन ।’ तर यसबारे सनथले नै मे २१ मा ट्वीट गर्दै यो खबर गलत भएको भन्दै यस्ता समाचारको पछि नलाग्न आग्रह गरेका थिए ।

उनले आफू क्यानडा नगएको र श्रीलंकामै भएको पनि ट्वीटरमा लेखेका छन् । तर यसबारे रबीचन्द्रन अझै बेखबर देखिए ।