१० असोज, काठमाडौं । त्रिकोणात्मक टि ट्वेन्टी क्रिकेट श्रृंखलामा जिम्बावेविरुद्धको खेलमा नेपालका सन्दिप लामिछानेले तीन विकेट लिएका छन् ।

तीनै खेलाडी शून्य रनमा आउट भएका हुन् । रेगिस चाकाभा, कप्तान सेन विलियम्स र टिनोनेण्डा मुटोम्बोजी विना रन आउट भएका हुन् । सिंगापुरमा नेपालले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै जिम्बावेले जवाफी ब्याटिङ गरिरहेको हो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो ।