१९ चैत, एजेन्सी ।

भारतका सबैभन्दा सफल मानिएका राष्ट्रिय कप्तान महेन्द्र सिंह धोनीले भारतमा टी-२० विश्वकप समाप्त हुनासाथ सन्यासको घोषणा गर्ने अनुमान ब्याप्त थियो । यद्यपी वेष्टइण्डिजसँग हारेपछि पनि उनले यसबारेमा घोषणा गरेनन् ।

धोनीले टेष्ट क्रिकेटबाट यस अघि नै सन्यास लिइसकेका छन् ।

विहीबार राति वेष्टइण्डिसँग भएको खेलपछि अष्ट्रेलियाका पत्रकारले धोनीलाई सन्यास लिनेबारे जिज्ञासा राख्दा धोनीले दिएको जवाफ भने निक्कै अनौठो थियो ।

ICC World Twenty20 India 2016: Semi-Final: West Indies v India

पत्रकार सम्मेलनमा धोनीले आफूलाई प्रश्न सोध्ने खेलाडीलाई आफूसँगै बोलाए र उल्टो अन्तर्वार्ता लिए । धोनीले ती खेलाडीलाई सोधे, ” के म दौडिएको देख्दा अनफिट जस्तो लाग्छ?” पत्रकारले जवाफ दिए “लाग्दैन” ।

धोनीले फेरि सोधे, “के म सन् २०१९ को विश्वकप खेल्न सक्छु?” पत्रकारले जवाफ दिए, “हो तपाइँ खेल्नु पर्छ” अनि धोनीले भने तपाइँलाई मेरो जवाफ यही हो ।

धोनी बारेको पोष्ट विवादमा परेपछि बंगलादेशी खेलाडीले माफी मागे

“धोनी र कोहोलीलाई विच सडकमा बलत्कार गराइदिन्छु”

धोनीले आफूलाई भारतीय पत्रकारले यस्तो प्रश्न सोध्ने अपेक्षा भएपनि अष्ट्रेलियाका पत्रकारले सोधेको भन्दै आश्चर्य प्रकट गरे । धोनीले आफूसँग बोलाएपछि पत्रकार आत्तिएका थिए । उनी नर्भस भएको टेलिभिजनमा देख्न सकिन्थ्यो ।