१२ पुस, काठमाडौं।

विकशित राष्ट्रहरुको अर्थतन्त्र विस्तारै उकालो लागेसँगै सन् २०१६ मा आर्थिक वृद्धिदर ३.८ प्रतिशत पुग्नसक्ने अनुमान गरिएको छ ।

सन् २०१५ को निम्न आर्थिक वृद्धिदर ३.३% प्रतिशत रहने अनुमान गरिएको छ जुन सन् २०१४ औषत वृद्धिदर भन्दा कम हो ।

global_economy world data

यो बर्षकोे पहिलो चौमासिकको अवधिमा उत्तर अमेरिकाको अर्थतन्त्र केही कमजोर देखियो । तथापि अर्थतन्त्रमा संवाहककोरुपमा रहेका सहज वित्तीय अवस्था, युरो क्षेत्रमा अझ तटस्थ वित्तीय नीति सस्तो इन्धन शुलभ र सुध्रिदो विश्वास एवम् श्रम बजारको अवस्था सही अवस्थामा रहनाले यसले पुन गतिलिन थालेको प्रष्ट हुन्छ ।

उदाउँदो बजार अर्थतन्त्रमा नियमित वृद्धिमा आएको सुस्तताले वस्तु तथा सेवाको न्यून मूल्य र बाह्यआर्थिक परिस्थितिको सुदृढिकरण, संरचनागत जटिलता चीनमा पुनः संन्तुलन र सङ्कटग्रस्त अर्थतन्त्र जस्ता थुप्रै तत्वहरुतर्फ सङ्केत गर्दछ ।

सङ्कटग्रस्त अर्थतन्त्रलाई मुक्त गर्न अपनाइएका गतिविधिहरुले सन् २०१६ मा विश्व आर्थिक वृद्धि दरलाई टेवा पु¥याउने अपेक्षा गरिएको हो ।

विश्वस्तरीय र आर्थिक गतिविधिमाथि जोखिम वितरणको प्रभाव अझैपनि अवनति तर्फ रहेको देखिन्छ ।

तत्कालिन जोखिमहरुमा वित्तीय बजारको बढ्दो सुस्तता वस्तुको असन्तुलित मूल्य घटबढ जस्ता पर्छन् भने घट्दो सम्भाव्य वृद्धि दुबै विकसित र विकासोन्मोख बजार अर्थतन्त्रका महत्वपूर्ण माध्यमस्थरको जोखिमको रुपमा रहेको हुन्छ ।

वस्तु तथा सेवा घट्दो मूल्यहरुले कम आयसहितको विकासशील अर्थतन्त्रलाई थुप्रै वर्षका मजवुत वृद्धिका बाबजुद जोखिममा पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले आफ्नो हालैको सर्वेक्षणमा जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व आर्थिक प्रक्षेपण अनुसार सन् २०१५ को सुरुको चौमासिक वृद्धिदर अपेक्षाकृत रहन सकेन ।

यो गिरावटले इन्धन क्षेत्रको पूँजीगत खर्चमा भएको कटौतीले अमेरिकी गतिविधिमा ल्याएको सुस्ततालगायत प्रतिकुल हिउँदे मौसम, र बन्दरगाह बन्द हुनु जस्ता कुराहरुलाई कारक बनाएको पाइन्छ । सन् २०१५ को दोस्रो चौमासिक अवधिमा भएको इन्धन मूल्य समायोजन प्रक्षेपण गरिएभन्दा सकारात्मक (सुधारात्मक) देखियो ।

यद्यपि प्रति ब्यारेल ५९ अमेरिकी डलरसम्म रहनसक्ने प्रक्षेपणले सन् २०१६ मा इन्धनमा गरिने लगानीमा गिरावट आउनसक्ने र परिणाम स्वरुप उत्तर अमेरिकी अर्थतन्त्रलाई उकास्न गरिएका प्रयासमा धक्का लाग्नेसक्ने समेत देखिन्छ ।

सिरिया, इराक, यमन, अफगानिस्तानलगायतका राष्ट्रहरुमा जारी रहेको द्वुन्द्व र यसलाई सल्टाउने प्रयास स्वरुप विभिन्न शक्ति राष्ट्रहरुले गर्न थालेको मोर्चाबन्दी समेतले विश्व अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने निश्चित प्राय देखिन्छ ।

यसका अतिरिक्त ग्रीसमा र स्पेनमा विद्यमान् आर्थिक सङ्कट र उनीहरुका आत्मनिर्भरता सम्बन्धी प्रयासहरुबाट विश्व अर्थमञ्चमा प्रभाहित हुनसक्ने सङ्केतहरु कौतुहल र जिज्ञासका विषयहरु रहेका छन् । विश्व वृद्धिदरमा प्रक्षेपण गरिएअनुरुपको सफलता अझै हातलागी सकेको छ्रैन ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको शुक्रबार गरेको पाकिस्तानको भ्रमण भारत–पाकिस्तानबीचको नयाँ सम्बन्ध विस्तारमा सहयोग हुनेमा अन्तर्राष्ट्रिय समुदायले विश्वास व्यक्त गरेका छन् ।

भारत पाकिस्तानबीच देखिदै आएको राजनीतिक, एवम् सांस्कृतिक तनावले दक्षिण एसियाली मुलुकलाई तनाव सिर्जना गर्ने गरेको सन्दर्भमा यसलाई हालै भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री सरीफबीच पेरिसमा भएको भेटले समस्या समाधान हुनेमा थप आशावादी बनाएको छ । यसबाट यो क्षेत्रको आर्थिक विकासमा विशेष भूमिका खेल्नसक्ने सम्बद्ध सबैको ठहर छ ।

मोदीको पाकिस्तान भ्रमणको संयुक्त राष्ट्रसंघले स्वागत गरिसकेको छ । मोदीको भ्रमणको अमेरिका, बेलायतलगायतका राष्ट्रहरुले पनि प्रशंशा गरेका छन् । रासस