“बाधा भनेको भेष धारण गरेको ‘मौका’ हो!”

-कुशल श्रेष्ठ

संसारले सम्झने ‘एप्पल’ कम्पनीका सह-संस्थापक ‘स्टिभ जब्स’ संसारमा नरहेतापनि, उनको चिनोभने हामी माझ सँधै नै रहिरहनेछ। स्टिभ जब्स एक महान् र बुद्धिमानी उद्दमी थिए। उनले सुुर गरेको कम्प्युटर र मोबाइल प्रविधिले संसारले सञ्चार क्षेत्रमा ठुलो फड्को मार्न सकेको छ।

उनको पुरा नाम ‘स्टिभन पौल जोब्स’ हो र उनको जन्म सन् १९५५ फेब्रुअरी २४ मा अमेरिकाको क्यालिफोर्नियामा भएको थियो भने उनको मृत्यु सन् २०११ अक्टोबर ५ मा क्यालिफोर्नियामै क्यान्सरको कारण भएको थियो। उनी रातारात सबैमाझ परिचित हुन पुगेका होइनन्, अनि रातारात सफल पनि भएका होइनन्। जीवनमा धेरै हण्डर र ठक्कर खाँदा खाँदै पनि हार नमानी डटेर आफ्नो उद्देश्यमा पुगेका हुन्, स्टिभ जोब्स।

SAN FRANCISCO - JANUARY 27: Apple Inc. CEO Steve Jobs announces the new iPad as he speaks during an Apple Special Event at Yerba Buena Center for the Arts January 27, 2010 in San Francisco, California. Apple introduced its latest creation, the iPad, a mobile tablet browsing device that is a cross between the iPhone and a MacBook laptop. (Photo by Justin Sullivan/Getty Images)

आज हामी तपाईँहरूलाई स्टिभ जोब्सबाट सिक्न सकिने ५ सिद्धान्तहरूको बारेमा बताउन गइरहेका छौँ र विश्वास गर्नुहोस्, यी सिद्धान्त अपनाइयो भने सफलताको बाटोबाट कहिल्यै पनि बिछडिनुपर्दैन-

क. भविष्यको अपेक्षा गर्न सिक्नुहोस्-

स्टिभ जोब्सको जीवनीलाई नियालेर हेर्नुपर्दा, उनले सँधै आफ्नो भविष्यको कल्पना गर्ने गर्दथे र त्यस कल्पनालाई सत्य सावित गर्नको लागि सँधै तत्पर पनि रहिरहन्थे।

उदाहरणकै लागि, एप्पल कम्पनीले सङ्गीत क्षेत्रलाई प्राविधिको एक नमूना प्रदान गरेका थियो। गीत सङ्गीतलाई सिडीमा राखेर विभिन्न उपकरणको माध्यमबाट सुन्ने बानी भएका स्टिभ जोब्सले त्यस प्रविधिलाई अत्याधुनिक युगतिर लगेका थिए। ‘आइप्याड’, ‘आइट्युन्स’ जस्ता प्रविधि तथा सफ्टवेयरको मद्धतले उनले संगितलाई अझै रोचक अनि सहज बनाएका थिए। त्यसमाथि मोबाइल फोनको उद्योगमै पनि उनले ‘आइफोन’ जस्तो एकदम शक्तिशाली यन्त्रको आविष्कार गरेका थिए।

आफ्नो लक्ष्यमा पुग्न र सफलता हासिल गर्न आशा र कल्पना गर्ने कला हुनुपर्दछ। अाफुले गर्ने कार्यले नै भविष्य निर्धारण गर्ने हुँदा सोच विचार गरेर उपयुक्त बाटो रोज्न सक्ने खुबीको विकास गर्नुपर्छ।

ख. सकारात्मकतालाई ध्यान दिनुहोस्-

स्टिभ जोब्स आफैमा एक धर्मपुत्र हुन्, उनको आफ्नै मातापिता उनले भेटेनन। उनले सजिलै आफ्नो जीवनलाई घृणातर्फ लैजान सक्थे, आफ्नो धर्म माता पितालाई पनि मन नपराउन सक्थे, र आफ्नो किशोरावस्थामा सजिलै नकारात्मक कुराहरूमा अल्झिन सक्थे।

तथापी, उनले सकारात्मक तत्वहरूमा मात्रै ध्यान दिन थाले, जे जस्तो भएपनि उनले आफ्ना धर्म मातापितालाई पाएकोमा धन्य थिए। त्यसका साथै आफ्नो भित्री ऊर्जालाई उजागर गर्ने सकारात्मक माध्यम पनि फेला पारे (प्रविधि र कम्प्यूटर)। र अन्त्यमा उनले जे पाए, संसारलाई छोडेर गए।

हामी पनि, सकारात्मक सोच शक्तिको उचित प्रयोग गर्न सक्छौँ। ‘फूलको आँखामा फूलै संसार’ भनेजस्तै आफूले जस्तो सोच्यो त्यस्तै नै हुने गर्छ। विचार पनि एक शक्ति हो, विचारको प्रभाव नसोचेको शक्तिशाली हुन्छ। सकारात्मक सोचले आफु र आफ्नो वातावरणलाई आफु अनुकुल बनाउन मद्धत गर्छ।

ग. असफलता र अन्यौलतादेखि नडराउनुहोस्-

‘कोहीमा पनि सम्पूर्ण गुण हुँदैनन्’। खेलमा हारजित हुन्छ, आखिर जीवन पनि त एक खेल नै हो। तर महत्वपूर्ण कुरा के हो भन्दा तपाईँले त्यो हारलाई कसरी लिनुहुन्छ? ‘हार’लाई ‘हार’ जस्तै पहिरिनुहुन्छ की सँधैको लागि हारेर बस्नुहुन्छ?

सन् १९८४ मा स्टिभ जोब्सलाई ‘एप्पल’ कम्पनीबाट निकाला गरियो। अनि सन् २००५ मा ‘स्टानफोर्ड २००५ कमेन्समेन्ट’मा उनले यस्तो भनेका थिए-

“मैले त्यतिबेला बुझ्न सकिनँ, तर एप्पलबाट निकालिनु मेरो जीवनको लागि सबैभन्दा राम्रो कुरा भएको थियो। सफल हुनुको बोझलाई भर्खरै सिकारु हुनुको स्फूर्तीले हटाएको छ। त्यसले मेरो जीवनकै सबैभन्दा रचनात्मक सृष्टिको बाटो तर्फ लम्कन मद्दत गरेको छ।” उनलाई पछि फेरी एप्पल मै फर्कन आग्रह गरेपछि स्टिभ पुनः फर्किएका थिए।

घ. यात्रा गर्नुहोस्-

एप्पल स्थानपना गर्नुभन्दा १ वर्ष अगाडि उनले भारत यात्रा गरेका थिए। व्यक्तिको धारणा र विचारलाई त्यसको सीमाभन्दा बाहिर ल्याउनको लागि यात्राले धेरै मद्दत गर्दछ। ‘के हुन सक्ला?’ भन्ने चेतनाको विकास गर्दछ, र एक सफल व्यक्तिमा त्यो चेतना हुनु एकदम जरुरी पनि हुन्छ।

धेरै खर्चालु यात्रा गर्नु पनि जरुरी छैन। आफ्नो नजिकको कुनै अर्को सहर वा गाउँमा जान सक्नुहुन्छ, त्यसले नयाँ वातावरण र परिवेशलाई नियाल्ने मौका प्रदान गर्दछ, संसारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्दछ, जुन सफल हुनको लागि अपरिहार्य तत्व हो।

ङ. सहि साथी खोज्नुहोस्-

स्टिभ एक्लैले एप्पल कहाँ खोलेका हुन् र? उनको सबैभन्दा सहयोगी र समझदारी साथी ‘स्टिभ वजनियाक’ले पनि उनलाई सफल हुन त्यत्तिकै मद्दत गरेका थिए। जोब्सको कला र रचनालाई वास्तविक दुनियामा उतार्न सक्ने खुबी थियो वजनियाकमा!

त्यसरी नै, आफ्नो जीवनमा सफल हुन चाहनुहुन्छ भने एक्लो जीवन उपयुक्त नहोला। त्यसैले एउटा मन मिल्ने, कुरा मिल्ने र विचारधारणा मिल्ने साथी बनाउनुहोस्। आफ्नो जीवनको वरिपरि घुम्ने मानिसले तपाईँको जीवनमा प्रत्यक्ष असर गरिरहेको हुन्छ।

संसारमा यस्ता धेरै व्यक्तिहरू छन्, जसको बयान र व्याख्या गरेर कहिल्यै पनि सकिँदैन। हामीले त केवल उनीहरूबाट केही कुराहरू सिकेर आफ्नो जीवनमा त्यसलाई उपयुक्त तरिकाले लागू गर्न मात्रै सक्छौँ। अरू थुप्रै महान् व्यक्तिहरूको बारेमा र उनीहरूबाट सिक्न सकिने कुराहरूको बारेमा छलफल गर्दै नै जानेछौँ, पढ्दै गर्नुहोस्- नेपालीहेड्लाइन्स डट कम!!