१७ भदौ, एजेन्सी।

सेप्टेम्बर ३, बिहिबार बिहान राजधानीमा करिब १२,००० सेना अनि आकाशमा उडाइएका फाइटर जेट सहित दोस्रो विश्वयुद्ध समाप्ती र जापान माथी गरेको विजयको ७० औं वार्षिकोत्सवको अवसर पारेर चीनले आफ्नो अभुतपुर्व सैन्य शक्तिको प्रदर्शन गरेको छ।

China 70 anniversary of world war II (6)

चिनियाँ हतियारका बारेमा जान्न संसार व्यग्र प्रतिक्षामा थियो। तर चीनले जे निर्णय गर्यो अमेरिकापनि दंग पर्यो। कार्यक्रमको सुरुमा बोल्दै चीनका दशककै शक्तिशाली राष्ट्रपति सि जिनपिङले चिनियाँ सेनाले जापानलाई हराउदा देखाएको शक्तिको प्रसंशा गरे। अनि अप्रत्यासित रुपमा चीनको ‘पीपुल्स लिबरेशन आर्मी’को सङ्ख्या ३००,००० ले कम गर्ने बताए। संसारकै सबैभन्दा ठुलो सैन्य शक्ति रेहको देशले सेना घटाउँछ भनि कसैले सोचेका थिएनन्। यो निर्णयले अमेरिका सहित चीनका प्रतिष्पर्धी देशहरुलाई अचम्मित पारेको हुुुनुपर्छ।

China 70 anniversary of world war II army (4)

चीनको सेनाको सङ्ख्या २.३ मिलियन छ, यो संसारकै सबैभन्दा ठुलो सेना हो। चीन विश्वकै दोस्रो ठुलो सुरक्षा बजेट भएको देश पनि हो। चीनको बढ्दो सैन्य शक्ति विश्वको लागि सदैव ठुलो चासोको विषय बन्दै आएको छ।

China 70 anniversary of world war II (5)

यो कार्यक्रममा ३० भन्दा बढी अन्य देशका सरकारी अधिकारिहरु सहित रसियाका राष्ट्रपति भ्ल्यादमिर पुटिन र संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको पनि सहभागिता थियो। अधिकांश पश्चिमी देशका अधिकारिहरु साथै जापानका प्रधानमन्त्री सिन्जो अबे कार्यक्रममा सहभागि थिएनन।China 70 anniversary of world war II (3)

यो अवसरमा १२,००० सेना, २०० फाइटर विमान, ट्याङ्क, मिसाइल आदी टियाननमेन स्क्वायर्समा प्रदर्शन गरिएको थियो।

China 70 anniversary of world war II (4)

चीनका स्थानिय मिडिया अनुसार, पहिलो पटक चीनले सावर्जनिक रुपमा आफुसंग भएको ८० प्रतिशत हतियार प्रदर्शन गरेको थियो। सेना प्रमुख पनि रहेका सि जिनपिङ परेडको अवसरमा आफै मैदान उत्रेका थिए।

China 70 anniversary of world war II (9)

सी जिनपिङले सेनाको सङ्ख्या कम गर्दै शान्तिपुर्ण विकासको लागि चीन प्रतिबद्ध हुने बताएका थिए। ‘जतिसुकै बलियो किन नहोस, चीनले अन्यमाथी प्रभुत्व जमाउने छैन न त आफु विस्तार हुनेछ। चीनले विगतमा भोगेको झै दुःख अन्य देशलाई थोपर्ने छैन।’ उनेल भने।

China 70 anniversary of world war II army (3)

वायुसेना र जलसेनाको स्तरउन्नति गर्दै आएको चीनलाई विश्वसामु आफ्नो शक्ति देखाउन जमिनको सेनाको कुनै आवश्यकता पर्दैन। सेनाको सङ्ख्या घटाउँदैमा चीन कमजोर हुन्छ भनि सोच्न नमिल्ने विश्लेशक बताउँछन्।

China 70 anniversary of world war II (2)

चीनको यो प्रदर्शनको क्रममा त्यहाँका टेलिभिजनलाई मनोरञ्जनात्मक सामाग्री प्रसारण गर्न रोक लगाइएको थियो। सडकमा कार गुडेका थिएनन, कल-कारखाना बन्द थियो अनि आकाश सदाको भन्दा निलो देखिन्थ्यो। चीनका सबै जनताले सो पडेर हेर्न पाएनन्। कार्यक्रम हुँदै गर्दा मानिसहरुलाई घरबाट बाहिर निस्कन दिइएको थिएन। बरण्डामा आउन रोक लगाइएको थियो अनि झ्याल बन्द गर्न लगाइएको थियो।

China 70 anniversary of world war II (7)

चीन र अमेरिकाको शक्ति

सेना संङ्ख्या, आर्टिलरी, ट्याङ्क, पनडुब्बी, फाइटर विमान र डिस्ट्रोयर चीन र अमेरिकासंग कति-कति छ, हेर्नुहोस् चार्टः

china and america force comparision

स्रोतः मिलिटरी ब्यालेन्स, २०१५, इन्टरन्यासनल इन्स्टीच्युट फर स्ट्र्याटेजिक स्टडिज

पनडुब्बी, फाइटर विमान  र डिस्ट्रोयरमा मात्र सङ्ख्यात्मक तुलनामा अमेरिका अगाडी देखिन्छ। सङ्ख्यामा झण्डै दोब्बर हुन आउने चीनको सेनासंग सैन्य सामाग्री पनि बढी नै देखिन्छ। तर सुरक्षामा यी देशहरुले गर्ने खर्चको कुरा भने फरक छ।

budget comparision between countries

तस्बिरः बीबीसी

सुरक्षामा खर्च हेर्ने हो भने अमेरिकाको अगाडी चीनको सुरक्षा खर्च निकै न्युन छ। अमेरिकाले वर्षेनि ५८१ बिलियन डलर बजेट सुरक्षा र सेनामा खर्च गर्छ जहाँ चीनले केवल १२९.४ बिलियन डलर सुरक्षा शीर्षकमा खर्च हु्न्छ।