एजेन्सी ।

मृत्यु दण्डको सजाय संसारका विभिन्न देशमा रहिआएको छ । यो यस्तो विषय हो जुन सँधै विवादमा रहन्छ । कतिपय मानिस मृत्यु दण्डलाई सही मान्छन् भने कतिपयले मृत्यु दण्ड दिन नहुने भन्दै यसको विरोध गर्छन् । कैयौं देशमा मृत्यु दण्डमा रोक पनि लगाइएको छ ।

यहाँ यस्ता ५ देशको चर्चा गरिएको छ जहाँ संसारकै सबैभन्दा बढि मृत्यु दण्ड दिने गरिन्छ ।

१ चीन
छिमेकी देश चीनमा संसारमा सबैभन्दा बढी मृत्यु दिने गरिएको एम्नेष्टी इन्टरनेशनलको रिपोर्टले देखाउँछ । यहाँ वर्षेनी १ हजार भन्दा बढी मानिसले मृत्यु दण्ड पाउँछन् । अर्थात दैनिक कम्तिमा पनि ३ जनालाई यहाँ मृत्यु दण्ड दिइन्छ । चीनमा १ अरव ३६ करोड भन्दा बढी जनसंख्या छ । चीनमा हरेक अपराधमा कडा सजाय छ । चीनमा मृत्यु दण्ड दिँदा झुण्डयाउने तथा ग्यास च्याम्बर, गोली हान्ने देखि विषाक्त सुइ समेत दिने गरिन्छ ।

death sentence


२ इरान
इरान संसारमा सबैभन्दा बढी मृत्यु दण्ड दिने देश मध्ये दोश्रो नम्बरमा छ । पछिल्लो वर्ष त्यहाँ कम्तिमा ३०० जनालाई मृत्यु दण्ड दिएको तथ्याङ्कले देखाउँछ । यहाँ हत्या आतंक मात्र नभएर परस्त्री र परपुरुषसँग सम्बन्ध राख्नेलाई समेत फाँसी दिने गरिन्छ । यहाँ सबैभन्दा बढी मृत्यु दण्ड लागु औषध दुर्ब्यसनीलाई दिने गरिन्छ । यहाँ फाँसी मात्र नभएर ढुंगाले हानेर समेत मान्छे मार्ने गरिएको एम्नेष्टीको भनाइ छ ।

death sentence 3

३ साउदी अरव

संसारमा सबैभन्दा बढी मृत्यु दण्ड दिने देशमा तेश्रो नम्बरमा साउदी अरव मानिएको छ । गत वर्ष त्यहाँ कम्तिमा ९० जनालाई मृत्यु दण्ड दिइएको थियो । साउदी अरेवियामा तरबारले घाँटी काँटेर सबैभन्दा बढी मृत्यु दण्ड दिने गरिन्छ । एम्नेष्टीका अनुसार साउदीमा सबैभन्दा बढी मृत्यु दण्ड लागु औषध तस्करहरुलाई दिने गरिन्छ । अनौठो कुरा त यहाँ मानिसहरुलाई सार्वजनिकरुपमा मृत्यु दण्ड दिने गरिन्छ ।

death sentence 2

४ इराक

इराकमा सन् २००४ देखि २०१३ सम्ममा कम्तिमा ४५० ब्यक्तिलाई मृत्युदण्ड दिइएको एम्नेष्टीको रिपोर्ट छ । ययहाँ सबैभन्दा बढी लागु औषध तस्करी र आतंकबादीकोरुपमा मृत्यु दण्ड दिने गरिन्छ । इराकको इतिहासमा सबैभन्दा बढी मृत्यु दण्ड सद्धाम हुसैनको पालमा दिइएको मानिन्छ । त्यसै गरी सद्धामलाई दिइएको मृत्यु दण्ड पनि इतिहासकै ठूला मानिएको छ ।

death sentence 1

५ अमेरिका
संसारमा सबैभन्दा बढी मृत्यु दण्ड दिने देशमा अमेरिका पनि गनिन्छ । अमेरिकामा हत्या, देशद्रोह, जासूसी, आतंकवाद र लागुऔषध तस्करीका दोषीलाई मृत्युदण्ड दिने गरिन्छ । यहाँ गत वर्ष ३५ ब्यक्तिले मृत्यु दण्ड पाएका थिए । अमेरिकामा सबैभन्दा बढि विषाक्त सुइ दिएर मृत्युदण्ड दिने गरिन्छ भने इलेक्ट्रिक चेयर, फायरिङ, ग्यास च्याम्बर र ह्याङ्गिङ पनि चर्चित छ ।

death sentence 4