२८ मंसिर, काठमाडौं ।

संसदको अबरोध हटाउनका लागि आज प्रमुख दलबीच छलफल हुने भएको छ ।

सभामुख ओनसरी घर्तिको पहलमा आज प्रमुख दलबीच छलफल हुन लागेको हो । उनले आज अपरान्ह प्रमुख दलका शिर्ष नेताको बैठक बोलाएकी हुन् ।

Prachanda Oli Koirala

केही दिनदेखि काग्रेस र मधेस केन्द्रीत दलको अवरोधका कारण संसद अवरुद्ध हुँदै आएको छ । आजको बैठकमा संसदको गतिरोध अन्त्य गरेर भुकम्प पुननिर्माण विधयेक पारित गर्नका लागि सहमति जुटाउन प्रयास हुने बताइएको छ ।

मधेसी मोर्चा पनि ओली नेतृत्वको सरकारमा सहभागी हुँदै !

बैठकमा नेपाली काग्रेस, नेकपा एमाले र एकिकृत माओवादी लगायतका दलका शिर्ष नेतालाई बोलाईएको छ । कांग्रेस र मधेसी मोर्चाले निरन्तर सदनमा अबरोध गरेपछि पछिल्ला संसद बैठकमा कुनै प्रस्ताव पेश हुन सकेका छैनन् ।