१४ माघ, काठमाडौं । अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोकिपाउँ भनी परेको निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सपना मल्ल प्रधानको एकल इजलासले सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोक्ने अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।