२५ मंसिर, भक्तपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले मधेश आन्दोलनको समस्या भारतमा होइन नेपाल मै खोज्नु पर्ने बताएका छन् ।

ओलीलाई असफल पार्ने दाउः मोर्चा र कांग्रेसका फरक फरक चेतावनी

भक्तपुरमा आयोजीत साक्षात्कार कार्यक्रममा उनले मधेशमा जारी आन्दोलनको समस्या सम्बोधन नेपालीले नै गर्ने भएकाले समस्याको निकास माग्न मधशेबादी नेता भारत जानु गलत भएको बताए ।

Pashupati Shamsher Rana111

लामो समयसम्म सरकारले मधेश आन्दोलनलाई कतैबाट सम्बोधन गर्न नसक्दा अब मधेश आन्दोलन समेत मधेशकै नेतृत्वबाट बाहिर जान सक्ने खतरा रहेको समते राणाको टिप्पणी थियो ।

भारतले अघोषित घोषित जे भने पनि नाकाबन्दी लगाएर गलत काम गरेको भन्दै राणाले भने भारतीय बिदेश मन्त्रीले नेपालका मामलामा कुटनीतिक मर्यादा भन्दा बाहिर गएर टिप्पणी गरेको बताए ।

मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्न काँग्रेसले अघि सारेको संशोधनलाई आधार बनाएर जायज मागको सम्बोधन गर्न सकिने भएता पनि निकास दिन सरकार अघि नसरेको आरोप लगाए ।

वार्ता सकियोः अडान दोहोर्‍याएपछि अर्को वार्ता अनिश्चित