४ साउन, गोरखाबजार ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले साउनभित्रै संविधानसभाबाट नयाँ संविधान जारी हुने बताएका छन ।

निर्वाचन क्षेत्र नं १ को गोरखा बजारमा आज भएको संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलन कार्यक्रममा उनले भने, “एउटा पक्षले भनेजस्तो, एउटा पार्टीले, पक्षले भनेजस्तो संविधान बन्दैन, यहाँ सबैको कुरा समेटिन्छ ।”

Baburam Bhattarai mic talking

कुनै दलविशेषले भनेजस्तो संविधान नबन्ने ठोकुवा गर्दै डा भट्टराईले सबै दल मिलेर सम्झौताको संविधान बनाउने बताए । प्रारम्भिक मस्यौमाथि जनताले दिएको सुझाव संवाद समितिमा छलफलका लागि आउने उनको भनाइ छ ।