१६ असोज, बारा।

संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बिगतको सहमति एवं सम्झौता कार्यन्वयन गर्ने प्रतिबद्धता नआए सम्म तराई मधेसमा जारी आन्दोलन नरोकिने बताएका छन् ।

कलैयामा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै फोरम अध्यक्ष यादवले सरकार र मधेसी मोर्चा बीच बिगतका दिनमा भएका २२ र ८ बुन्दे सहमति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाए तराई मधेसको आन्दोलन आजै देखी स्थगन गरिने बताए ।

madhesi meeting

बिगतमा सरकार आफैले गरेको सहमति कार्यन्वयन गर्न नचाहेको आरोप उनले लगाए । बार्ताबाटै भएका बिगतका सहमति कार्यन्वयन गराउँनका लागि यो आन्दोलन भएको उनले बताए । अधिकारको लागि भईरहेको आन्दोलन अधिकार प्राप्त नहुन्जेल जारी राख्न आन्दोलनरत जनताकै चाहना अनुसार यो आन्दोलन जारी राखिन्छ उनले भने ।

‘यो माग पुरा गरे, त्यो माग पुरा गरे भन्दै अहिले सत्तापक्षबाट प्रचार भईरहेको छ’ फोरम अध्यक्ष यादवले भने, ‘अहिले प्रचार र बिज्ञापनको काम छैन्, पुरानै सहमति कार्यन्वयन गरे हुन्छ ।’ काँग्रेस र कम्युनिष्टको संयुक्त सरकारले मधेसका साथै देशमा यस्तो बिसम परिस्थितिको बेला पनि सकार गठन बिघटनकै खेलमा लागेर आफ्नो स्वार्थ सिद्ध गरिरहेको आरोप लगाए।