२६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना गर्ने भएको छ ।

प्रचण्डलाई ओलीको जवाफ- निवेदन हाले श्रोत देखाइदिन्छु

भ्रष्टाचार निवारण ऐन २०५१ को दफा ५० को उफदफा (१) बमोजिम नियुक्ती भएको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्नेमा नबुझाएको भन्दै यस्तो निर्णय हो ।

akhtiyar

आयोगले आज प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०७२/०७३ मा विभिन्न निकायमा नियुक्ती भएकामध्ये १ हजार ३ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको उल्लेख गरेको छ ।

भारतमा सेल्फी खिच्न कडाई

विवरण नबुझाउने कर्मचारीहरुलाई जनही पाँच हजार रुपैयाँ जरीवाना गरी सम्पत्ति विवरण पेश गर्न लगाउने निर्णय भएको पनि अख्तियारले विज्ञप्तीमा उल्लेख गरेको छ ।