१७ माघ, काठमाडौं ।

सरकार सञ्चालनमा सहयोग गर्न एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा गठन गरिएको सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

सिंहदरबारमा बस्ने बैठकमा सरकारको कामको समिक्षा हुनेछ । बैठकमा भारतले लगाएको नाकाबन्दी, मधेसी दलसँगको वार्ता संबिधान संसोधनपछिको परिस्थिती बारे छलफल हुनेछ । सरकारको काम सन्तोषजनक नभएको भन्दै सत्ता साझेदार एकिकृत माओवादीले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएका हुन ।

फाइल तस्बिर

फाइल तस्बिर

माओवादीले ओलीलाई एकल मान्यताबाट निर्दे्शित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेको छ छ । दाहालले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्वपूर्ण विषयमा संयन्त्रमार्फत अगाडि बढ्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूवसर्तबारे फरकफरक टिप्पणी गरेको विषयमा समेत माओवादीले असन्तुष्टि राखेको छ । दाहालले हिजो ओलीलाई भेटेर आफनो दलको असन्तुष्टि राखेका थिए ।