१५ असोज, काठमाडौँ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमा काँग्रेस कमजोर रुपमा प्रस्तुत भएको बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उनले भने— काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले “स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,” भन्दै काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए ।

पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले पार्टी महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था हो भने ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सीमाङ्कनका विषयमा दलहरुबीच सहमति भइसकेकाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यो पढ्नुस्।
चीनद्वारा आफ्नो ‘सबैभन्दा महंगो’ प्रोजेक्टकोलागि ब्रह्मपुत्रको सहायक नदी बन्द
पानी मुन्तिरको सबभन्दा गहिरो गुफा पत्ता लाग्यो
‘सर्जिकल अपरेशन अमेरिकालगायत देशलाई जानकारी थियो’