२९ असार, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने जानकारी दिए । काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘सरकारमा सहभागी हुने निश्चित भैसकेको छ, छिट्टै सरकारमा सहभागी हुन्छ।’

सरकारमा जानेबारे सहमति भैसकेकोले अब कसैलेपनि रोक्न नसक्ने उनको भनँई थियो । राणाले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत जानकारी दिए ।

पार्टीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मत हाल्ने उनको भनाई थियो । ‘हाम्रो पार्टी मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ, मधेशको समस्या हल गरेर जानुपर्छ, राणाले भने, ‘अहिले सदनमा रहेको संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको छ।’

उनले पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मत हाल्ने बताए । राणाले थपे, ‘सांसद गायब छैनन्, हामी सबै सांसदहरुलाई कन्भिन्स गर्छौं, उहाँहरुले प्रस्तावको पक्षमा नै मत हाल्नुहुन्छ ।’