९ असार, काठमाडौं ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले रोजगारीको सिलसिलामा कतारमा रहेका ४ लाख नेपाली कामदारको बारेमा आफुले सम्पूर्ण जानकारी लिएको बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री मन्सुरले भने, ‘मैले कतारमा रहेका हाम्रो राजदुतलाई खबर गरेको छु, त्यहाँ जुन विकसित स्थिति छ त्यसले नेपालीको रोजगार र पेशा व्यवसाय केही फरक पार्दैन, कतार आँफैमा दक्ष र सक्षम छ भनेर जवाफ दिनुभएको छ,

कतारले पनि अन्य असन्तुष्ट मुलुकसँग वार्ता गरिरहेको र चाँडै समस्या समाधान हुने कुरा बुझिएको मन्त्री मन्सुरले बताए । कतारको पछिल्लो अवस्थाबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत प्रभावकारी रुपमा व्रिफिङ गरेको जानकारी दिए ।