हेडलाइन्स वाच । प्रयास पराजुली ।

प्रमुख राजनीतिक दलहरुको एउटै स्वर छ–‘राष्ट्रिय सहमतिको सरकार ।’ संविधान जारी गर्नुपूर्व तीन कांग्रेस एमाले र माओवादीबीच भएको भद्र सहमति भंग भएर केपी ओली नेतृत्वको सरकार गठन भएको नौ महिना पूरा भइसकेको छ ।

ओली र प्रचण्ड टकराव नम्बर २- अवका सम्भावित २ बोल्ड निर्णय

संविधान कार्यान्वयन, पुननिर्माण, स्थानीय निकायको निर्वाचन, मधेसवादी दलहरुको माग सम्बोधन गर्न लागू पर्ने बेला संविधान जारी गर्न एकताबद्ध भएर लाग्नु पर्ने दलहरु विभाजित भएका छन् ।

Samsad samsadbhavan

लोकतान्त्रिक मुल्य मान्यता अनुसार बहुमत पुर्याउनेले सरकार गठन गर्ने र बहुमत पुर्याउन नसक्ने प्रतिपक्ष दलमा बस्ने हो ।

ओली सरकारः कसियारीसँग यसकारण होसियाली

सबै राजनीतिक दलहरु मिलेर देशको विकास गर्नु राम्रो कुरा हो । तर सहमतिको नाममा कति दिन अल्झिने ? सहमति भनेर नथाक्ने तर सहमति कसरी गर्न सकिन्छ भनेर सुत्र दिन नसक्नेहरुले कसरी सहमतिको सरकार गठन गर्छन ? सहमतिका आधार के हो भनेर आधार नखोज्ने ? यस्तो प्रवृत्ति भनेको नमच्चिने पिङको सय झडका भन्दा केही होइन । सरकार गठन भएको नौ महिनाको अवधिमा पनि राष्ट्रिय सहमतिको चर्चा नभएको होइन । तर भन्नलाई सहमति भन्न नछोडने तर व्यवहारमा दलिय अडान नछोडने प्रवृत्तिले कसरी हुन्छ राष्ट्रिय सहमति हुन्छ ?

तनाबमा देउवाःढल्छ कि ढल्दैन !
ठूलो पार्टी भएर पनि पानी विनाको माछो जस्तो भएर बस्दा नेपाली कांग्रेसलाई पीडा त हुने नै भयो । कांग्रेसले ओली नेतृत्वको सरकार गठन भएकै दिनबाट दिनगन्ती सुरु गरेपनि नौ महिना नाघिसक्यो । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनताको ध्यान आर्कषण गरेको छ । यही नाराको साथ सरकार अगाडि बढ्यो भने आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने चिन्ता कांग्रेसले गरेको छ ।

deuwa sad

कांग्रेसलाई जसरी पनि सरकार ढाल्नु र नयाँ सरकार गठन गर्नु नै आफ्नो पहिलो उदेश्य हो भन्ने मान्यताको साथ अगाडि बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा सकार ढाल्न हात धोएरै लागे । सफल भइसकेको मिसन अन्तिममा आएर प्रचण्डले धोका दिएपछि छाङ्गाबाट खसेकोजस्तो भएका थिए । कच्चा खेल खेलेको भन्दै अहिले पनि देउवामाथि रामचन्द्र पौडेल पक्षले दरिलो मुद्दा बनाएको छ । सरकार नढल्दा देउवा निकै तनाबमा रहेका छन् । सरकार ढाल्ने मुख्य अस्त्र माओवादीको प्रयोग असफल भएपनि अहिले देउवा पुरै सोचिरहेका छन–सरकार ढल्छ कि ढल्दैन ?’ संविधान कार्यान्वयन गर्नतिर भन्दा पनि देउवाको ध्यान सरकार ढाल्नतिर नै बढी लागेको छ ।

दोधार र संकटमा प्रचण्ड
सरकार परिवर्तन गर्ने कि नगर्ने भन्नेमा प्रचण्डमाथि दबाब परेको छ । पहिलो पटक ढली सकेको सरकार टिकाउने निर्णय लिन प्रचण्ड बाँध्य भएका थिए । यस पटक पहिलाकोजस्तै कच्चा निर्णय गरेर जाने सोचमा प्रचण्ड छैनन् । सरकार जसरी पनि परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा कृष्णबहादुर महरा, बर्षमान पुन र जनार्दन शर्मा मरिहत्य गरेर लागेका छन् । पार्टीमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका टोपबहादुर रायमाझी अग्नी सापकोटा, शक्ति वस्नेत लगायतका नेताहरु सरकार कुनै पनि हालतमा फेर्न नहुने अडानको साथ प्रचण्ड निवास लाजिम्पाटमा दिनहुँ धाइ रहेका छन् ।

prachanda in tension mood

प्रचण्डको लागि ओली नेतृत्वको सरकार खाउ भने दिनभरीको शिकार नखाऔ भने कान्छा बा को अनुहार जस्तै भएको छ । सरकारले गरेको राम्रो कामको जस जति एमालेले लिने र नराम्रो कामजति माओवादीको काँधमा थोर्पने भन्दै प्रचण्ड हैरान भएका छन् । माओवादीका मन्त्रीहरु पनि ओलीको एकलौटी गर्ने प्रवृत्तिप्रति हैरान भएका छन् । तर झण्डा हल्लाउने लोभमा ओलीको विरुद्ध कडा रुपमा प्रस्तुत हुन सकेको छैनन् । प्रचण्डले बारम्बार राष्ट्रिय सहमतिको सरकार गठनको लागि जोड दिदै आएपनि प्रचण्डले पनि राष्ट्रिय सहमतिको सरकारको खाका दिन तयार छैनन् । ओली नेतृत्वको सरकार ढालेर बहुमतिय सरकार बनाउने पक्षमा आफू नरहेको भन्दै प्रचण्डले पुनः राष्ट्रिय सहमतिको सरकारको रटान छोडेका छैनन् । राष्ट्रिय सहमतिको सरकार गठन गर्न माओवादीले सरकारबाट बाहिरिने निर्णय गर्नुपर्छ । त्यो हिम्मत गर्ने सोचमा प्रचण्ड छैनन् ।

सरकार नढल्नेमा ओली दुई कारणले ढुक्क
माओवादीले सके सहमतिय नभए बहुमतिय सरकार गठन गर्ने नीति लिएपनि प्रधानमन्त्री ओलीले यसलाई माओवादीको धुर्की र धम्कीको रुपमा बुझेका छन । नीति तथा कार्यक्रम र बजेट अघि सरकार ढाल्ने धाक देखाएर आफ्ना कुरा घुसाउन सफल भएको निष्कर्ष एमालेको छ । अहिले बजेट पारित गर्ने बेलामा पुन सरकार परिवर्तनको गफ दिनु बजेटमा आफूले भनेजस्तो कार्यक्रम पार्नु भएको प्रधानमन्त्री ओलीको बुझाई रहेको छ । दुई कारणले प्रधानमन्त्री ओली ढुक्क छन् । राष्ट्रिय सहमतिको सरकार गठन नभई सरकार विस्तार हुन सक्ने ओलीको अभिव्यक्तिले सरकारलाई घुन पु्त्ली नलाग्ने संकेत गरेका छन् । सरकार परिवर्तन गर्नेको लागि देउवाले पहिला प्रचण्डलाई सरकार छोडेर आउने शर्त राखेका छन् । सरकार छोडेर जाँदा अलपत्र पर्ने त्रासको कारण माओवादीले तत्काल सरकारबाट नहटने बताएको कारण ओली ढुक्क रहेका छन् ।

सरकार परिवर्तन हुने कुरा हल्ला मात्र हो – प्रम ओली