१६ साउन, दाङ ।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सरकार पूर्व राजा र भारतले नढालेको बताएका छन् । नेपालको संबैधानिक ब्यवस्थाकै कमजोरीले सरकार ढाल्ने खेल चलिरहेको उनको टिप्पणी छ ।

‘हे ठूलामान्छे, तपाईलाई हामी हेरिरहेछौ, तपाई कतै हराउनु भएजस्तो छ’ – भिडियो

आइतबार विहान दाङमा बोल्दै नेता भट्टराईले नेपालको सत्ता परिवर्तनमा पूर्व राजा र भारतको हात नरहेको बरु शासकीय स्वरुपको दोष रहेको बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

आफ्नै कमजोरीले सरकार ढाल्ने अनि भारतलाई दोष लगाउनु उचित नरहेको भन्दै उनले नेपाली जनताको त्याग र बलिदानको अवमूल्यन गर्दै हरेक कुरामा भारतको नाम जोडिनु दुखद् रहेको उनको भनाइ थियो।

बालुवाटार पुगेका प्रचण्डलाई ओलीको प्रश्नै प्रश्न, सोधे, राष्ट्रिय सरकार बनाउन काँग्रेसले मान्छ ?

नेपालमा निर्वाचित कार्यकारी सहितको शासकीय प्रणाली नभए सम्म यस्तो सत्ताको फोहोरी खेल कहिल्यै नटुङ्गिने बाबुरामको भनाइ छ । उनले आफ्नो पार्टीले शासकीय स्वरुप परिवर्तनको मुद्धालाई लिएर चुनावमा जाने समेत बताएका छन् ।