३० साउन, काठमाडौं ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारमा रहने र प्रतिपक्षमा रहने नै दलालजस्तो भएको आरोप लगाएका छन् । जताततै दलाल हुनाले दलालीको पराकाष्टा नै देखिएको बताउंदै उनले दलाल भएको प्रमाण प्रशस्तै भएपनि सधै यस्तो नुहने बताएका हुन् ।

शनिवार राजधानीको संवाद डवलीमा आयोजित प्राडा गोपाल शिवाकोटी र दीपेन्द्र रोकायाद्वारा लिखित पुस्तक ‘लिपुलेक नाका भ्रम र यथार्थ’ को विमोचन गर्दै अध्यक्ष वैद्यले १२ बुँदे सहमति गर्न दिल्ली जाने नेताहरुप्रति कटाक्ष गर्दै यो परम्परा तोड्न आवश्यक भएको बताए ।

Mohan Baidhya mic

लिपुलेक त्रिदेशीय विन्दु नभएकाले चीन र भारतलाई खबरदारी गर्न आफुहरुले राष्ट्रियता र जनतन्त्रको झण्डा उठाइरहेको उनले बताए । प्राडा गोपाल शिवाकोटीले लिपुलेकबारे रहेका राजनैतिक, कुटनैतिक, भौगोलिक भ्रमबारे स्पष्ट पार्न उक्त पुस्तक प्रकाशन गरेको बताए ।