१५ बैशाख, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा प्रधानमन्त्रीले मुख्यगरी तीन विषय संविधान संसोधन पारित, दोस्रो चरणको निर्वाचन भन्दा अगाडि बजेट ल्याउने र पहिलो चरणको निर्वाचन सकिएपछि मतगणना तत्काल गर्ने कि सबै सकिएपछि भन्ने विषयमा सुझाव मागेका थिए ।

बैठकपछि उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले सकारात्मक सुझाव प्राप्त भएको बताए । एमाले नेता अग्नी खरेलले भने संसोधनका विषयमा आफूहरुको पूर्ण असहमति रहेको बताए ।

संसोधन प्रस्तावमा सत्तापक्षकै बिमत्ति रहेको भन्दै खरेलले कतिपय विषय आफूहरुलाई थाहै नदिइएको बताए । सर्वदलीय बैठक लगत्तै प्रमुख तीन दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीसहित काँग्रेस र एमालेका शीर्ष नेताहरु बैठकमा सहभागी भएका छन् ।