२९ वैशाख, एजेन्सी।

१५ वर्ष पुरानो आम्दानी करको मुद्धामा अमिताभ बच्चनलाई झट्का लागेको छ। बुधबार भारतको सर्वोच्च अदालतले कर विभागला‌ई अमिताभसंग जोडिएको मुद्धा फेरी खोल्ने अनुमति दिएको छ। यो मुद्धामा बम्बई उच्च अदालतले उनलाई राहत दिएको थियो।Amitabh-Bachchan sad thinking

यो मुद्धा सन् २००१ को ‘कौन बनेगा करोडपति’ संग जोडिएको छ। अमिताभले यो शोबाट गरेको कमाइको लागि १.६६ करोड भारु कर बाँकी रहेको देखाइएको छ।

सन् २००१-०२ मा अमिताभले आफ्नो कर लाग्ने कमाइ ३.२३ करोड रुपैयाँ देखाएका थिए। तर अधिकारिहरु अनुसार अमिताभले टिभी शो ‘केबीसी’बाट सो वर्ष २६ करोड भारु कमाएका थिए।

बम्बई उच्च अदालतले अमिताभ बच्चनको आम्दानी करमा ३० प्रतिशत छुट दिनसक्ने फैसला गरेको थियो। कर विभागले सर्वोच्च अदालतमा यसको विरुद्ध रिट दायर गरेपछि बुधबार फैसला गरिएको हो। अमिताभको करको बिषयमा अब कर विभागले छानबिन गर्नेछ।

पानामा पेपर्सको मुद्धामा पनि अमिताभ

पछिल्लो महिना पानामा पेपर्सको केसमा पनि अमिताभको नाम मुछिएको थियो। खुलासा भएको थियो कि अमिताभ केही विदेशी कम्पनीमा डारेक्टर छन् जुन करबाट बच्नको लागि विदेशमा स्थापना गरिएका थिए। अमिताभले भने ती चार कम्पनीको बोर्डमा आफु डाइरेक्टर नभएको दोहोर्याउँदै आएका छन्।

यो पनि पढ्नुस्।

कंगना-ऋतिकको झगडामा मुछिदैँछ विद्या-सिद्धार्थको वैवाहिक जीवन