३१ असार, एजेन्सी।
‘सुल्तान’मा आरफाको भुमिका निभाएकी अनुष्का शर्माले सलमान खानको ‘रेप्ड वुमन’ कमेन्टलाई असंवेदनशील बताएकी छिन्। उनको अनुसार, सलमानको यस्तो कमेन्ट पश्चात उठेको विवादले यो सिक्न पाइन्छ कि सेलेब्रेटीले केही बोल्नुपूर्व संवेदनशील हुनुपर्ने रहेछ।anuska salman 172251612

सलमानले ‘सुल्तान’ को प्रमोशन गर्ने एक अन्तरवार्ताको क्रममा फिल्मको सुटिंङको दौरान घन्टौं कुश्तीको अभ्यासले आफुलाई बलात्कृत महिला झै महसूस भएको बयान दिएका थिए। बयानमाथी विवाद बढ्नासाथ उनका पिता सलीम खानले माफि माग्दै सलमान गलत भएको ट्वीट समेत गरे।

अनुष्काले सलमानको बयान सुनेपछि आफुलाई विश्वास नभएको र सो असंवेदनशील भएको एक अन्तर्वार्ताको क्रममा बताएकी हुन।

के सलमानले माफि माग्नु पर्छ? भन्ने प्रश्नमा अनुष्का भन्छिन्, ‘म सलमानलाई धैरै चिन्दिन। उनीसंग केवल प्रोफेशनल सम्बन्ध छ। सलमान आफैलाई थाहा छ उनले के गर्नुपर्छ अनि के हुँदैन।’