१९ पुस, एजेन्सी।

आमिर खानको ‘दंगल’ले प्रर्दशनको १०औँ दिनसम्म २७० करोड भारु कमाएर सलमान खानको सुल्तान’लाई पछि पारेको छ । यो आइतबार मात्रै ‘दंगल’ले ३१.२७ करोडको व्यापार गरेर जम्मा २७० करोड भारु कमाई गरहेको हो ।dangal-amir-13093712

सलमान खानको ‘सुल्तान’ले १० दिनमा २३६ करोड कमाई गरेको थियो । यो आंकडालाई पछि पार्दै आमिरको ‘दंगल’ले २७० करोड कमाएको छ ।

यस्तै फिल्म ‘सुल्तान’को लाइफटाइम कलेक्सन ३००.४५ करोड रहेको छ । स्याटेलाइट अधिकार र अन्य देशको कमाइ समग्र कमाई मिलाएर सुल्तानको कमाइ जम्मा ५८४ करोड पुगेको थियो ।

यता, ‘दंगल’ले मात्रै १० दिनमा २७० करोड कमाईसकेको छ । यसरी हेर्दा ‘दंगल’ले सलमानको लाइफटाइम आंकडालाई पनि पार गर्ने देखिन्छ ।