१५ असोज, एजेन्सी।
पाकिस्तानी कलाकारलाई समर्थन गरि बयान दिएपछि सलमान खान विरुद्ध शिवसेना पार्टी भट्किएको छ। सलमानका पिता सलीम खानलाई आफ्नो छोरा सलमानलाई घरैमा राख्न शिवसेना पार्टीले चेतावनीको भाषा प्रयोग गरेको छ।SALMAN-KHAN sad

शिवसेनाले पहिले नै पाकिस्तानी कलाकारलाई भारतबाट निस्कन धम्की दिएको थियो। यसपश्चाय कयौं पाकिस्तानी कलाकारले भारत छोडेका छन्।

सलमान खानले यो मुद्धामा बोल्दै, उनीहरु कलाकार हुन् आतंककारी होइनन् भनेका थिए। सरकारले नै परमिट र भिसा दिएको भन्दै सलमानले पाकिस्तानी कलाकारको पक्षमा बोलेका थिए।

‘सर्जिकल अपरेशनमा मारिएका आतंककारी थिए, उनीहरुले मार्यौं ठिक भयो’, सलमानले भनेका थिए।

सलमानले आतंकवादको मुद्धामा पुरा देश एकजुट हुनुपर्ने सन्देश दिदै बोलेपनि पाकिस्तानी कलाकारको समर्थन भने शिवसेनाले प्रतिवाद गरेको छ।

यो पढ्नुस्।
शेरबहादुर देउवाको शैली जो तपाईंलाई थाहा नहुन सक्छ
किस्तानमा भारतीय च्यानलमा पनि प्रतिबन्ध लाग्यो
भारतमा पाकिस्तानी कलाकारको प्रतिबन्धबारे सलमान बोले, ‘उनीहरु आर्टिस्ट हुन’