अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सन् २०१५मा सबैभन्दा बढी कमाइ गर्ने विश्वका १०० सेलेब्रेटीको सूची सार्वजनिक गरेको छ। जसमा बलिउडबाट शाहरुख खान, सलमान खान र अमिताभ बच्चन सहित केही सेलेब्रेटीको नाम सामेल छ। सलमानलाई दोस्रो स्थानमा धकेल्दै शाहरुख खान भारतको सर्वाधिक कमाइ गर्ने सेलेब्रेटीको पहिलो स्थान पुन: कब्जा गर्न सफल भएका छन्।

shahrukh and salmanशाहरुखले यो वर्ष २५७.५ करोड कमाइ गरेका छन्। अघिल्लो वर्ष सलमान खान पहिलो स्थानमा थिए भने शाहरुख तेस्रो स्थानमा धकेलिएका थिए।

शाहरुख भन्दा ५० करोड कम कमाइ गरेका सलमानको यो वर्षको कमाइ २०२.७५ करोड रह्यो।

चर्चाको कुरा गर्दा भने शाहरुख चौथौ र सलमान दोस्रो स्थानमा छन्। अमिताभ बच्चन भारतको सर्वाधिक चर्चामा रहेको कलाकारको सूचीमा पहिलो स्थानमा परेका छन्।

भारतमा सर्वाधिक कमाइ गर्ने सूचीको तेस्रो स्थानमा छन् अक्षय कुमार। उनले यो वर्ष १२७.८३ करोड कमाइ गरेका छन्। चौथो स्थानमा छन् क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी। उनले यो वर्ष ११९.३३ करोड कमाइ गरे। पाँचौं स्थानमा ११२ करोड कमाइ सहित अमिताभ बच्चन छन।

विराट कोहली छैटौं स्थानमा छन्। उनले यो वर्ष १०४.७८ करोड कमाइ गरे। त्यस्तै सातौंमा १०४.२५ करोड सहित आमिर खान छन्। आठौं स्थानमा छन् रणवीर कपुर। उनले यो वर्ष ८५ करोड कमाए। नबौ स्थानमा ऋतिक रोशन ७४.५ करोड कमाइ गर्न सफल छन्। दसौं स्थानमा छन् अजय देवगन। उनले यो वर्ष ६१ करोड कमाए।

यो पनि पढ्नुस्।

प्रियंका चोपडा फेरि पनि एसियाकै सबैभन्दा सेक्सी महिला

प्रियंकाकी बहिनी परिणितीले आफैले राखिन अर्धनग्न तस्बिर

१३ वर्ष पुरानो केसबाट सलमान मुक्त, भए इमोसनल